युवालाई स्वदेशमै राख्न उत्सव गरिँदै

युवालाई स्वदेशमै राख्न उत्सव गरिँदै
सुन्नुहोस्

रोजगारीको सिलसिलामा दैनिक हजारौंको संख्यामा विदेश पलायन हुनेक्रम बढिरहँदा युवालाई स्वदेशमै भविष्य खोज्न प्रोत्साहन गर्ने उद्धेश्यले पोखरामा ‘गण्डकी स्वजागरण उत्सव’ आयोजना गरिने भएको छ । 

जीवन विज्ञानको आयोजनामा आउँदो फागुन १० गते पोखरा रङ्गशालामा उत्सव हुन लागेको हो । सो क्रममा ‘विराट चक्र विज्ञान’ पनि गरिने आयोजकले जनाएको छ । 

जसअनुसार फागुन ११ गतेदेखि १७ गतेसम्म विराट चक्र विज्ञान सञ्चालन हुनेछ । योग र ध्यानको पद्धतिबाट स्वस्थ, सदाचार, नैतिकवान र राष्ट्रिय भावनाले ओतप्रोत जनशक्ति निर्माण गर्दै शिक्षित र युवालाई स्वदेशमै आफ्नो भविष्य खोज्न प्रोत्साहन गर्ने उद्देश्यले स्वजागरण उत्सवका साथ कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराइएको छ । 

यस्तो कार्यक्रमले युवालाई स्वदेशमै रोक्न मद्दत गर्नुका साथै पोखराको पर्यटन, व्यापार र योग तथा ध्यान प्रवर्द्धनमा समेत महत्त्वपूर्ण सहयोग पुर्याउने पोखरा महानगरपालिकाको विश्वास छ । सन् २०२५ लाई पोखरा भ्रमण वर्षको रुपमा मनाइरहेका बेला जीवन विज्ञानको आयोजनामा हजारौं मानिसहरुको जमघट अर्थपूर्ण हुने महानगरले जनाएको छ ।
 

टिप्पणीहरू