नख्खु खोलामा पुल बनाउने ठेकेदारलाई सम्मान

नख्खु खोलामा पुल बनाउने ठेकेदारलाई सम्मान
सुन्नुहोस्

ललितपुरको नख्खु खोलामा नवनिर्मित पुल उद्घाटन गरिएको छ ।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले आज बिहान वडा नम्बर १४ स्थित उक्त पुलको एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । झण्डै चार करोड रुपैयाँ लागतमा निर्माण भएको पुल सञ्चालनमा आएसँगै वडा नम्बर १४ र २५ लाई जोड्ने महानगरले जनाएको छ । 

गत वर्ष असोजबाट शुरु भएको पुल निर्माण डेढ वर्षमा सम्पन्न हुने अनुमान गरिएकोमा निर्माण कम्पनीले त्यसअगावै काम सम्पन्न गरेको महानगरको भनाइ छ । तोकिएकोभन्दा चाँडै पुल निर्माण गरेको भन्दै महानगरले ठेकेदारलाई सम्मानसमेत गरेको छ । 

नख्खु खोला पुल सञ्चालनमा आएसँगै वडा नम्बर १३, १४, १८, २५, २६ र २७ का बासिन्दालाई आवतजावतमा सहज हुनुका साथै साविकका गाविसहरुलाई चक्रपथभित्रका वडासँग जोड्ने महानगरको विश्वास छ ।

तस्बिरहरु

​​​​​​​

टिप्पणीहरू