कसले हेर्ने सेनाका यस्ता काण्ड ?
झण्डै एक खर्वको कल्याणकारी कोष रहेको नेपाली सेनाभित्र कुन स्तरको भ्रष्टाचार हुन्छ भनेर धेरैले अनुमानसम्म पनि गर्दैनन् । भनिन्छ, ‘त्यहाँ ठूला हाकिमहरुले थाहै नपाई ‘बिग सट’ हान्छन् । तर तल्ला तहका कर्मचारीहरूले भने सुँघ्नसमेत भ्याउँदैनन्, पाउँदैनन् ।’ पछिल्लो घटनामा भने अपवाद देखापरेको छ । जसमा पोखराको प्लटिङमा मुछिएर कुमार केसी जर्नेल अमेरिकातिर भागेझैं कल्याणकारी कोषको लगभग ६/७ करोड रुपैयाँ चप्काएर एकजना मेजर बेलायततिर भास्सिएका छन् । नाम हो, मेजर स…