राष्ट्रसंघीय टोली गृह मन्त्रालयमा
न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघ (युएन) को मुख्यालयका प्रतिनिधिले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् । युएनको पुलिस डिभिजन प्रमुख फेजल शाहाकार सेलेक्सन र रिक्रयुटमेण्ट सेक्सन प्रमुख अटा यनिगमलले मन्त्री लेखकसँग सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर आज दिउँसो भेटवार्ता गरेका हुन् ।
गृहमन्त्री लेखक र युएनका प्रतिनिधिबीच झण्डै आधा घण्टा कुराकानी भएको जनाइएको छ । तर, भेटमा भएका कुराकानीबारे मन्त्रालयले कुनै जानकारी दिएको छैन ।
टिप्पणीहरू