१८ हजार नेपाली विद्यार्थी चीनबाट लाभान्वित
चीनको सहयोगबाट पछिल्लो साढे दुई वर्षको अवधिमा नेपालको विशेषगरी दुर्गम भेगका ३२ विद्यालय र १८ हजार विद्यार्थी लाभान्वित भएका छन् । ती विद्यालय र समुदायलाई महामारी रोकथाम र हरियाली पुनर्स्थापना परियोजनाअन्तर्गत चीनले सहयोग गरेको हो ।
चीनको ग्लोबल डेभलपमेन्ट र साउथ–साउथ कोअपरेशन फण्डअन्तर्गत गरिएको सहयोग संयुक्त राष्ट्रसंघीय विकास परियोजना र सिएफआरडीले पछिल्लो साढे दुई वर्षमा नेपालका दुर्गम भेगका विद्यालय र समुदायमा प्रयोग गरेको चिनियाँ दूतावासले जनाएको छ । यसबाट ३२ विद्यालय, १८ हजार विद्यार्थी र सात हजार पाँच सय परिवार लाभान्वित भएका छन् ।


टिप्पणीहरू