प्रतिनिधिसभामा आज, राष्ट्रियसभा भोलि
सरकारले प्रतिनिधिसभामा आज पेश गरेका पाँच वटा अध्यादेश भोलि राष्ट्रिय सभामा निर्णयार्थ पेश गर्ने तयारी गरेको छ । भोलि दिउँसो सवा १ बजेदेखि बस्ने बैठकमा अध्यादेश पेश गर्ने कार्यसूची तय गरिएको छ । संघीय संसदको हिउँदे अधिवेशन शुरु हुनुअघि जारी भएका अध्यादेशमाथि आज प्रतिनिधिसभामा छलफल भइरहेको छ ।
जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी भूमि अध्यादेशविरुद्ध उभिएपछि सरकारले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’,‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’,‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ मात्रै पेश गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०–८१’ को वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्नुहुने कार्यसूची छ । कार्यसूचीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने छन् ।
टिप्पणीहरू