प्रधानमन्त्रीलाई रास्वपाको सोधनी: के तपाईं हिटलर बन्दै हो ?

प्रधानमन्त्रीलाई रास्वपाको सोधनी: के तपाईं हिटलर बन्दै हो ?
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधेका दुई पत्रकारको संसद प्रवेश पास निलम्बन गरिएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आपत्ति जनाएको छ । 

सांसद शिशिर खनालले आजको प्रनितिधिसभा बैठकमा उक्त प्रकरणबारे कुरा उठाएका हुन् । संघीय संसदको सचिवालयले ‘प्रधानमन्त्रीज्यू, तपाईं तानाशाही प्रवृत्तिमा हिँड्नुभएको हो ?’ भनेर प्रश्न गर्ने पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद पास निलम्बन गरिएको जनाएको छ ।

उक्त प्रसंग उठाउँदै सांसद खनालले भने, ‘१९३० को जर्मनीको इतिहास पढ्नुहोला, हिटलर कुनै बन्दुकको नालबाट आएको थिएनन्, चुनावबाटै आएका थिए । तर, जब उनी सत्तामा गए, तब उनले जनताको लोकतान्त्रिक अधिकार कटौती गरेर निरकुंश बने । यो सरकार पनि त्यही गर्दैछ ।’

प्रधानमन्त्रीविरुद्ध आवाज उठाउनेहरुमाथि गरिएको व्यवहारले सरकारको प्रवृत्ति ‘हिटलर’जस्तै प्रमाणित भएको उनको दाबी छ । ‘प्रधानमन्त्रीको विरोध गर्दा कि रंगशालामा मान्छे कुटिन्छ कि जेल हालिन्छ’ सांसद खनालले चुनौती दिँदै भने, ‘अब पनि प्रश्न गर्छु, प्रधानमन्त्रीज्यू के तपाईं हिटलर बन्दै हो ?’

टिप्पणीहरू