पत्रकारको प्रवेश पास खोसिएको घटनामा मौन सभामुख प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध
सरकारको छायाँ बनेर पत्रकारको प्रेस पास खोसेको आरोप लागिरहेका बेला सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कार्य कुनै हालतमा स्वीकार्य नहुने बताउनुभएको छ ।
इकोनमिक मिडिया एसोसिएसन नेपाल(इमान)को दोस्रो वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले प्रेस स्वतन्त्रताप्रति आफ्नो प्रतिवद्धता जाहेर गर्नुभएको हो । ‘प्रेस स्वतन्त्रतामाथि कुनैपनि हालतमा बन्देज लगाउने काम हुँदैन र हुनेछैन', संसद सचिवालयले दुई जना पत्रकारको प्रवेश पास निलम्बन गरेको तेस्रो दिन आ…