प्रधानमन्त्री सेनाको हेलिकोप्टरमा सुर्खेत जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलगायत कार्यक्रममा सहभागी हुन सुर्खेत जान लाग्नुभएको छ । उहाँ साढे १० बजे नेपाली सेनाको हेलिकोप्टरमा बालुवाटारबाट त्यता जाने कार्यक्रम छ ।
मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गरेपछि उहाँले कर्णाली प्रदेश सभालाई विशेष सम्बोधन गर्नुहुने छ । दिउँसो साढे ३ बजे मध्यपश्चिम विश्वविद्यालयको भवन उद्घाटन र स्थानीय रंगशाला अवलोकनपछि सोही हेलिकोप्टरमा राजधानी फर्कने कार्यक्रम छ ।
टिप्पणीहरू