उत्तरबाट आज सिभिल हस्पिटललाई स्वास्थ्य उपकरण उपहार

उत्तरबाट आज सिभिल हस्पिटललाई स्वास्थ्य उपकरण उपहार
सुन्नुहोस्

चिनियाँ उच्चस्तरीय टोलीले मीनभवनस्थित सिभिल हस्पिटललाई  स्वास्थ्य उपकरण हस्तान्तरण गर्न लागेको छ । आज बिहान १० बजेको विशेष समारोहमा चीनको राष्ट्रिय स्वास्थ्य आयोगका भूतपूर्व उपमन्त्री छुई लिले उपकरण हस्तान्तरण गर्ने कार्यक्रम छ । 

राष्ट्रिय सभा उपाध्यक्ष विमला सुवेदीको प्रमुख आतिथ्यमा हुने सो कार्यक्रममा नेपाल–चाइना लाइफलाइन एक्सप्रेस सेन्टर अफ कोपरेसन स्थापनाको घोषणा गरिँदै छ । उक्त सेन्टरले विशेषगरी अन्धोपना हुनबाट रोक्न विशेष कार्यक्रमको आयोजना गर्नेछ । चिनियाँ पाहुना टोलीका प्रमुख छुई सांघाई सहयोग संगठनअन्तर्गतको असल छिमेकी, मैत्री तथा सहयोग आयोगका उपाध्यक्षसमेत हुन् ।                                             

नौ सदस्यीय चिनियाँ टोलीले हिजो परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग परराष्ट्र मन्त्रालयमा मध्यान्ह १२ बजेदेखि १ बजेसम्म भेट गरेको थियोे ।

टिप्पणीहरू