लेबनानमा तैनाथ नेपाली फौज हेरफेर
शान्ति स्थापनार्थ लेबनानमा खटिएको नेपाली सैनिक टोली अदलाबदली भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा युएनआइएफआइएल मिशनमा तैनाथ फौजलाई फर्काएर त्यहाँ अर्को डफ्फा पठाइएको हो ।
सेनानी विकास मल्लको कमाण्डमा १९३ जना आज बिहान इलाकातर्फ प्रस्थान गरेका छन् । इथोपियन एयरलाइन्सको उडान नम्बर इटि-८७०१ मार्फत सबुज गण, शा.से. ६६ औँ डफ्फा बिहान सवा १० बजे काठमाडौँबाट लेबनान उडेको हो ।
यसअघि मिसनमा खटिएको टोली बिहानै स्वदेश फर्किएको थियो । सेनानी लक्ष्मण खड्काको कमाण्डमा मिसनमा खटिएको इन्द्रध्वज गण, ६५ औँ डफ्फाका १९३ जना सोही एयरलाइन्सको उडान नम्बर इटि ८७०४ मा पौसाढे ७ बजे काठमाडौँ उत्रिएको नेपाली सेनाले जानकारी दिएको छ ।
टिप्पणीहरू