प्रधानमन्त्रीसँग सुर्खेत जाने टोलीमा कोमल वली पनि

प्रधानमन्त्रीसँग सुर्खेत जाने टोलीमा कोमल वली पनि
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलगायत कार्यक्रममा सहभागी हुन सुर्खेत जानुभएको छ ।

२२ जनाको टोली लिएर उहाँ नेपाली सेनाको हेलिकोप्टरमा बिहान साढे ११ बजे काठमाडौँबाट त्यता प्रस्थान गर्नुभएको हो । सुर्खेत जाने टोलीमा प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्व राष्ट्रियसभा सांसद कोमल वली लगायत छन् । 

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सभालाई विशेष सम्बोधन गर्ने कार्यक्रम छ । 

दिउँसो साढे ३ बजे विश्वविद्यालयको भवन उद्घाटन र स्थानीय रंगशाला अवलोकनपछि सोही हेलिकोप्टरमा राजधानी फर्कने कार्यक्रम रहेको जानकारी गराइएको छ ।
 

टिप्पणीहरू