अभ्यासका क्रममा लडाकु विमानले बम खसाल्दा ७ जना घाइते

अभ्यासका क्रममा लडाकु विमानले बम खसाल्दा ७ जना घाइते

दक्षिण कोरियाली वायुसेनाको लडाकु विमानले प्रत्यक्ष–फायर अभ्यासका क्रममा बम खसाल्दा सात जना घाइते भएका छन् । 

स्थानीय समयअनुसार आज बिहान १० बजे राजधानी सियोलबाट लगभग ४० किलोमिटर उत्तरमा रहेको अन्तर–कोरियाली सीमावर्ती शहर पोचियोनमा रहेको प्रत्यक्ष–फायर रेन्ज बाहिर केएफ–१६ लडाकु विमानले असामान्य रूपमा आठ एमके–८२ बम प्रहार गरेको थियो । सञ्चार माध्यमहरूका अनुसार मानव वस्तीमा वाम खसालिएको उक्त घटनामा केही घर ध्वस्त बहेका छन् । 

सात जना घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको अस्पतालमा उपचार भैरहेको स्थानीय अधिकारीलाई उधृत गर्दै अन्तराष्ट्रिय मिडियाले समाचार लेखेका छन् ।

टिप्पणीहरू