सुवासको नाम सुन्दा अध्यक्ष सनक्क
प्रचण्ड र केपी ओलीले जतिबेला एकअर्कोलाई आ–आफ्नो सहारा मानिरहनुभएको थियो । कुरा त्यही बेलाको हो । प्रचण्डले सुवास नेम्वाङको नाम लिँदा, ओलीले ‘तपाईं त्यस्ताको नाम लिने ? छाड्दिनुस् यो कुरा...’ भन्नुभयो ।
संयोगवश, एमालेको तर्फबाट आज हुने राष्ट्रपति निर्वाचनको उम्मेदवार उनै सुवास हुनुहुन्छ । पुस १० पछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओलीले राप्रपादेखि रास्वपासम्मको समर्थन जुटाइदिने क्रममा राष्ट्रपति एमालेलाई दिने भद्र सहमति भएपछि सुवासको नाम उठ्यो र क…