कति फरक पर्दछ जिन्दगीमा

कति फरक पर्दछ जिन्दगीमा

शक्तिमा हुँदा र नहुँदा के फरक पर्छ भन्ने कुरा बुझ्न सशस्त्र प्रहरीका हाकिमहरूलाई हेरे हुन्छ । जात, नाता, भेगको फाइदा उठाउँदै आएका एसएसपी दीपेन्द्र शाह डिआइजी हुन पहिलो नम्बरमा चढेका थिए, अब तीनमा पुगेर आर्थिक प्रशासन हुँदै अस्तिदेखि मधेश प्रदेशको हाकिम तोकिए । कसैकसैका यसरी नै दिन फिरेका छन् । जस्तो कि, सुरेश श्रेष्ठ । एसपीसम्म एक नम्बरमा थिए, एसएसपी हुँदा दुई नम्बरमा झरे, अहिले फेरि पुरानो ठाउँमा पुगेर सुडानमै आइजीले फुली लगाइदिएका छन् ।

कांग्रेसको तागतमा रमाएकाहरू पछाडि परेपछि फेरि माओवादीको शक्तिमा रम्नेहरूको दिन फिरेको छ । एसएसपी नरेन्द्र सेन कमाण्ड तथा स्टाफ कलेज, सानो गौचरणको प्रमुखमा आए । उनी त्यहाँ जाँदा त्यही व्याचका सिनियरमाथि अन्याय भएको छ । ज्येष्ठताक्रमअनुसार पठाउँदा विष्णु भट्ट, कमल तिम्सिना, दिग्विजय सुवेदी, नीरकृष्ण अधिकारीहरूको पालो आउनुपर्ने थियो । तर, दोस्रो लटमा बढुवा भएका नरेन्द्र गए । आफैँ दक्ष हुन नसकेको मान्छेले दक्ष जनशक्ति उत्पादन गर्ने ठाउँ कसरी चलाउलान् ?

हेर्न बाँकी छ । देउवाको हालिमुहाली चल्दा झैं अहिले पनि दीपेन्द्र कुँवर प्रवन्धबाट सरुवा नभई बसेका छन् भने उसैगरी माओवादीनिकटकाले स्टाफ कलेज हाँक्ने मौका छोपेका छन् । सेन बस्नका लागि गण, गुल्मदेखि कतै बाँकी छैन । रमाइलो त के देखिन्छ भने, आइजीले एउटा नीति, नियम बनाउने, त्यसलाई ‘चलखेलवाला’ ले धोती न टोपी लगाइदिने ।

टिप्पणीहरू