भावुक ज्ञवालीलाई सर्वाधिक मत

भावुक ज्ञवालीलाई सर्वाधिक मत

नेकपा (एमाले)को केन्द्रीय सदस्य (खुला तर्फ)मा प्रदीप ज्ञवाली सर्वाधिक मतसहित विजयी भएका छन् । २२ सयभन्दा बढी प्रतिनिधिले मतदान गरेकोमा उनी १९४२ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । 

ज्ञवालीले केन्द्रीय सदस्यमा पाएको मत सर्वाधिक रहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । यसअघि पार्टीको उपमहासचिव रहेका उनी महासचिवको आकांक्षी रहेकोमा केपी शर्मा ओलीले उपाध्यक्षको सूचीमा राखेका थिए । तर ज्ञवालीले पदाधिकारीमा महासचिव बाहेकको पदमा उम्मेद्वारी नदिने भन्दै केन्द्रीय सदस्यमा मात्रै उम्मेद्वारी दिएका हुन् । 

अध्यक्ष ओलीले महासचिवमा शंकर पोखरेललाई नै निरन्तरता दिएपछि ज्ञवाली अस्ति भृकुटीमण्डपबाट भावुक हुँदै घर फर्किएको बताइन्छ ।
 

टिप्पणीहरू