माओवादीहरुले शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको सामूहिक प्रतिवाद गर्ने
माओवादी धारका आठ राजनीतिक दलले शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने गतिविधिहरुको एकजुट भएर प्रतिवाद गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी जनयुद्धका सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा फौजदारी मुद्धा दर्ता हुन लागेपछि माओवादी घटकहरु एक ठाउँमा उभिएर प्रतिरोध गर्ने निर्णयमा पुगेका हुन् ।
यसअघि आज बालुवाटारमा विभिन्न समयमा विभाजित भएका आठ वटा माओवादी पार्टीका नेताहरुले सामूहिक छलफल गरेका थिए । उक्त छलफलपछि संयुक्त विज्ञप्ति …