पाल्पाका १९ ठाउँमा एमसीसीको टावर बन्ने
एमसीसी परियोजनाअन्तर्गत निर्माण हुने विद्युत प्रसारण आयोजनाका लागि पाल्पाको १९ स्थानमा जग्गा प्राप्तिको प्रक्रिया थालिएको छ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए)ले जग्गा प्राप्तिको काम अघि बढाउन लागेको हो।
एमसिएले आज एक सूचना प्रकाशित गर्दै पाल्पा जिल्लाभित्र पर्ने विद्युत प्रसारण लाइनको टावर निर्माण प्रयोजनाका लागि आयोजनालाई आवश्यक पर्ने जग्गा प्राप्तिको कार्य अगाडि बढाउने निर्णय भएको जनाएको छ । यसका लागि विभिन्न नगरपालिका, गाउँपालिका र वडा कार्यालय…