प्रधानमन्त्रीसँग देव गुरुङलगत्तै आईजीपीको भेट

प्रधानमन्त्रीसँग देव गुरुङलगत्तै आईजीपीको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा महासचिव गुरुङले प्रधानमन्त्री दाहालसँग बिहान १० बजेदेखि झण्डै एक घण्टा कुराकानी गर्नुभएको बताइएको छ ।

गुरुङपछि प्रधानमन्त्री भेट्न प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह त्यहाँ पुग्नुभएको हो । उहाँहरुबीच झण्डै ४५ मीनेट कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ ।

टिप्पणीहरू