राज्यलक्ष्मीको रोजाइ,चन्दा त चाहियो नि रास्वपालाई पनि !

राज्यलक्ष्मीको रोजाइ,चन्दा त चाहियो नि रास्वपालाई पनि !

एमालेको तर्फबाट दोस्रो संविधान सभामा समानुपातिक सांसद रहेकी  विराटनगरकी राज्यलक्ष्मी गोल्छालाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तर्फबाट  भावी सांसदमा अघि सारेको छ । रास्वपाले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कोशी प्रदेशको प्रारम्भिक उम्मेदवार नामावलीमा उनलाई मधेसी क्लस्टरअन्तर्गत मोरङबाट राखेको हो । 

यसअघि मारवाडी समुदायकी उनी आफैँले एमालेलाई करोडौं रुपैयाँ बुझाएर सांसद बनेको बताएकी थिइन् । अन्य मिडियाले जस्तै कान्तिपुरले पनि उनैको भनाइ उद्धृत गर्दै ४ करोड रुपैयाँभन्दा बढी बुझाएर बल्ल माननीय बन्ने अवसर जुरेको विवरण छापेको थियो । राज्यलक्ष्मीले अन्य मिडियासँगको कुराकानीमा भन त्योभन्दा बढी रकम खर्च भएको खुलाएकी थिइन् । 

अहिले भने ‘जान्नेलाई छान्ने’ नाराको साथ अघि बढेको रास्वपाले नै गोल्छालाई अघि सारेको बेला सभापति रवि लामिछानेले पौने ३ करोड धरौटीमा नक्खू जेलबाट आज छुट्न बुटवल उच्च अदालतबाट हिजो आदेश पाएका छन् ।

टिप्पणीहरू