माओवादी घटकहरुसँग छलफलपछि प्रधानमन्त्री गोकर्ण जाने

माओवादी घटकहरुसँग छलफलपछि प्रधानमन्त्री गोकर्ण जाने

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यतिखेर माओवादी विचारधाराका सबै घटकका नेताको छलफल भइरहेको छ । सर्वोच्च अदालतले गत शुक्रबार द्वन्द्वपीडितले न्याय पाउने विषयलाई अनन्तकालसम्म अल्झाएर राख्न नमिल्ने धारणा सार्वजनिक गरेपछि माओवादी निकट सबै नेताहरुको सामुहिक छलफल बोलाइएको बताइएको छ ।

यता द्वन्द्वपीडित र अधिकारवादीहरुले सर्वोच्च अदालतलाई नधम्क्याउन माओवादी नेताहरुलाई आग्रह गरेका छन् । सोही सन्दर्भमा छलफल गर्न उनीहरु बालुवाटारमा जुटेका हुन् । 

बिहान साढे ८ बजेदेखि बसेको उक्त बैठक सकाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ११ बजे गोकर्ण रिसोर्ट पुग्ने अर्को कार्यक्रम छ । उहाँ एथलेटिक्स च्याम्पियनसीप समुद्घाटनको निम्ति त्यहाँ पुग्न लाग्नुभएको होे ।

आजै अपरान्ह उहाँ ताहाचलस्थित होटल सोल्टी पुग्ने अर्को कार्यक्रम पनि तय भएको छ । प्रधानमन्त्रीले अपरान्ह ४ बजेपछि ८६ मेगावाटको साहस जलविद्युत आयोजना, सोलुखुम्बुको काठमाडौंबाटै उद्घाटन गर्नुहुनेछ ।
 

टिप्पणीहरू