नयाँ राष्ट्रपति छान्न सबै तम्तयार, भोट हाल्ने ठाउँ यस्तो बनाइयो

नयाँ राष्ट्रपति छान्न सबै तम्तयार, भोट हाल्ने ठाउँ यस्तो बनाइयो

राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि हुन लागेको निर्वाचनको अघिल्लो दिन निर्वाचन आयोगले तयारी सम्पन्न भएको जानकारी दिएको छ । 

राष्ट्रपतिका लागि भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्य मतदाता रहने भएकाले उनीहरुलाई छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।  

राष्ट्रपति निर्वाचनमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । पौडेल काँग्रेस, माओवादीसहित आठ दलको तर्फबाट अघि सारिएका साझा उम्मेदवार हुन् भने नेम्वाङलाई आफ्नै पार्टी एमालेबाहेक अन्य दलको समर्थन जुटिसकेको छैन ।

टिप्पणीहरू