माधव नेपाललाई भेट्न क्रियापुत्री भवनमा केपी ओली

माधव नेपाललाई भेट्न क्रियापुत्री भवनमा केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ । आज दिउँसो उहाँहरुबीच भेट भएको बताइएको छ ।

भाइको निधनको शोकमा रहनुभएका नेपाल र उहाँको परिवारलाई भेटेर समवेदना दिन ओली क्रियापुत्री भवनमा पुग्नुभएको हो । सहोदर भाइ सरोजकुमार उपाध्यायको मृत्युपछि अध्यक्ष नेपाल किरियापुत्री भवनमा हुनुहुन्थ्यो । त्यहिँ दुई अध्यक्षले कुराकानी गर्नुभएको हो ।  गत शनिबार शंखमुलको एक रेष्टुरेन्टको छैठौँ तलाबाट खसेर उपाध्यायको निधन भएको थियो ।

एमाले विभाजनपछिको लामो समय ‘पानी बाराबार’ को स्थितिमा रहेका अध्यक्षद्वय ओली र नेपाल पछिल्लो समय राजनीतिक सम्बन्ध सुधारमा हुनुहुन्छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा गत साता पनि उहाँहरुले दुई दिनमा दुईचोटी भेट्नुभएको थियो । आज भने उहाँहरुले राजनीतिक भेटघाट गर्नुभएको होइन ।

टिप्पणीहरू