प्रधानमन्त्री भलिबल प्रतियोगिता र विद्यालय भवन उद्घाटनमा व्यस्त

प्रधानमन्त्री भलिबल प्रतियोगिता र विद्यालय भवन उद्घाटनमा व्यस्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरको महाँकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताउनुभएको छ ।

प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले उक्त धारणा राख्नुभएको हो ।

गोटीखेलको महाँकाल माध्यमिक विद्यालय परिसरमा आजदेखि बागमती प्रदेशका १६ टोलीको सहभागिता रहेको प्रतियोगिता आगामी मंगलबारसम्म सञ्चालन हुनेछ ।

ललितपुरबाट प्रधानमन्त्री दाहाल रामनगर गाउँपालिकाको नमूना जनता माविको नवनिर्मित भवन उद्घाटनका लागि सेनाको हेलिकोप्टरमा त्यता जानुभएको हो ।

टिप्पणीहरू