दिल्ली फर्किए भारतीय सेनाका गुप्तचर प्रमुख

दिल्ली फर्किए भारतीय सेनाका गुप्तचर प्रमुख

आगामी फागुन २१ गते नेपालमा हुन लागेको आमनिर्वाचनको वस्तुस्थिति बुझ्न आएका भारतीय सेनाका गुप्तचर प्रमुख स्वदेश फर्केका छन् ।

भारतीय सेनाको इन्टेलिजेन्स प्रमुख (डाइरेक्टर जनरल अफ मिलिटरी इन्टेलिजेन्स) लेफ्टिनेन्ट जनरल आर.एस. रमण तीन सदस्यीय टोलीसहित बुधबार नयाँ दिल्लीबाट काठमाडौं आएका थिए । 

सोही टोली हिजो दिउँसो पौने ४ बजे एअर इण्डियाको उडान नम्बर एआई २१८ मा फर्केको हो । रमणले बिहिबार सैनिक मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेका थिए ।

त्यसपछि दिउँसो भैरहवा पुगेर लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरेका लेफ्टिनेन्ट जनरल रमण अस्ति दिउँसो काठमाडौं फर्किए ।
 

टिप्पणीहरू