काँग्रेस महामन्त्रीद्वय र सहमहामन्त्री निष्कासित
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई निष्कासित गरेको छ । त्यसैगरी सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि कारबाही गरेको छ ।
राजधानीको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी भइरहँदा संस्थापन पक्षले तीन जनालाई ५ वर्षका लागि निष्कासित गरेको छ । अस्तिदेखि गरिएको संस्थापन पक्षसँगको वार्ता निश्कर्षमा नपुगेपछि उनीहरु कारबाहीमा परेका हुन् ।
टिप्पणीहरू