कारवाहीपछि गगनको प्रतिक्रिया- ‘आत्तिनुपर्ने केही छैन’

कारवाहीपछि गगनको प्रतिक्रिया- ‘आत्तिनुपर्ने केही छैन’

नेपाली कांग्रेसको संस्थापन पक्षबाट निष्कासनमा परेका गगनकुमार थापाले पार्टीको आधिकारिता आफूहरूसँगै रहेको दावी गरेका छन् । 

सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले थापा, विश्वप्रकाश शर्मा र फर्मुल्ला मन्सुरलाई पार्टीबाट ५ वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै भृकुटीमण्डपमा जारी बन्दसत्रलाई सम्बोधन गर्दै थापाले पार्टीको नाम, चुनाव चिन्ह र झण्डा आफूहरूसँग रहने बताएका हुन् ।   

अहिले विशेष महाधिवेशनस्थलमा सभापति शेरबहादुर देउवाविरुद्ध चर्को नाराबाजी भैरहेको छ । बन्दसत्र हलमा होहल्ला भएपछि थापाले सबैलाई शान्त रहन आग्रह गरिरहेका छन् । 

उनले सबैलाई संयमता अपनाउन आग्रह गर्दै भनेका छन्, ‘यो मैले आयोजना गरेको विशेष महाधिवेशन होइन, २४ सय ८८ प्रतिनिधिले विशेष समयमा आयोजना गरेको विशेष महाधिवेशन हो, आत्तिनुपर्ने केही छैन ।’

टिप्पणीहरू