एमालेका नेताको नेकपामा प्रवेश
काभ्रेमा नेकपा एमालेका जिल्ला नेता शिव न्यौपानेले पार्टी परित्याग गरेका छन् । पाँचखालका उनले सचिवालयमा लैजाने निर्णय कार्यान्वयन हुन नपाउँदै पार्टी छोडेका हुन् । केही समयअगाडि बसेको एमाले जिल्ला बैठकले पार्टी विधानको धारा ६५ को उपधारा १ र ४ बमोजिम उनलाई जिल्ला कमिटीको सदस्यमा मनोनयन गरेको थियो ।
सोही बैठकले उनलाई सचिवालयमा लैजाने निर्णय पनि गरेको हो । पाँचखाल नगरपालिका–६ र १० का ईञ्चार्ज उनी उक्त निर्णय कार्यान्वयन भई नसक्दै पार्टीबाट अलग्गिएका हुन् । उनी पुष्पकमल दाहाल (प्रचण्ड) संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
टिप्पणीहरू