नेपालको अवस्था बुझ्न चिनियाँ कम्युनिस्टहरु आउँदै
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागकी नेपाल मामिला प्रमुख चङ यौया (सरला) नेतृत्वको प्रतिनिधिमण्डल नेपाल आउन लागेको छ । टोली आगामी साता तीन दिनका लागि आइपुग्ने कार्यक्रम छ ।
भदौ २३ र २४ को जेन जी प्रदर्शन तथा विध्वंशपछि चीनबाट हुन लागेको यो पहिलो पार्टी स्तरीय भ्रमण हो । उक्त घटनापछि नेपालमा पश्चिमा राष्ट्रहरूको प्रभाव एकाएक बढेको राजनीतिक विश्लेषण छ । जेन जी प्रदर्शन र विध्वंशमा चीन विरोधीको रुपमा चिनिएका स्वतन्त्र तिब्बतसँग सम्बन्धित टिओबी ग्रुपको संलग्नता रहेको प्रमाण बाहिरिएपछि छिमेकी मित्रराष्ट्र सशंकित भएको थियो ।
भदौ २१ गतेको आमनिर्वाचनअघि हुन लागेको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रमणलाई अर्थपूर्ण ठानिएको छ । भ्रमणका क्रममा चङ यौया नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्री सुशीला कार्की,प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाटको कार्यतालिका बनाइएको बुझिएको छ ।
टिप्पणीहरू