भर्खरै बैंक लुटियो,एक बोरा पैसा जङ्गलमा भेटियो
सिन्धुलीको घ्याङ्लेख गाउँपालिकास्थित भारतीय लगानीको एसबिआई बैंक भर्खरै लुटिएको छ ।
पूर्व वडा अध्यक्ष रामकाजी वाइबाका अनुसार बैंक लुट्न प्रयोग गरिएको गाडी करिब ३ किलोमिटर टाढा फेला पारिएको छ भने स्थानीयले जंगलमा १ बोरा पैसासमेत फेला पारेका छन् ।
स्थानीय बासिन्दा र प्रहरीले लुटेराको व्यापक खोजी कार्य जारी राखेका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।
टिप्पणीहरू