मधेसमा पहिरन फेर्दै रवि र बालेन
रास्वपा सभापति रवि लामिछानेले काठमाडौं महानगरका मेयर तथा रास्वपा उपसभापति बालेन्द्र (बालेन) साहसँगै जनकपुरमा बोल्ने बताएका छन् । सामाजिक सञ्जालमा पोष्टाइएको विवरणमा उनीहरुले मधेशमा रहेका रास्वपा समर्थकहरु उत्साहित रहेको दाबी गरिएको छ ।
सामाजिक सञ्जालमा दुबै जनाले धोती र कुर्ता लगाएको फोटो हालिएको छ । मिथिला कलाले रंगिएको भित्तोमा दुबै जनाको फोटो एआईबाट बनाइएको देखिन्छ । ‘माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई’ भनेझैँ बालेन र रवि दुबै एकअर्कासँग सँगै हिँड्न पाएकोमा दंग रहेको फोटो र विवरणबाट प्रष्ट हुन्छ ।
आगामी निर्वाचनमा रवि चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट उठ्दै छन् भने बालेनको टुंगो लागेको छैन । काठमाडौंमा मेयर जितेका उनीबारे पहिले काठमाडौं २, अहिले झापा ५ र कतिपयले पुख्र्यौली घर रहेको महोत्तरीबारे प्रचार गरेका छन् ।
उज्यालो नेपाल पार्टीका कुलमानसँगको पार्टी एकता १२ दिनमा चकनाचुर भएपछि रविको पूर्वयोजनामा धक्का लागेको छ । भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका बालेनलाई रविले वरिष्ठ नेताको हैसियत दिएका छन् । तर, सांगठनिक रुपमा रास्वपाभित्रको पदाधिकारी र केन्द्रीय समितिमा उनको समूह निकै कम देखिन्छ ।
समानुपातिक उम्मेदवारहरुको बन्दसूचीमासमेत रवि निकट व्यक्तिलाई विभिन्न क्लस्टरको अगाडि राखिएको छ ।
टिप्पणीहरू