राजेन्द्र महतोको पार्टी फुट्यो,वरिष्ठ उपाध्यक्षसहित नेकपामा जाँदै
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी फुटेको छ । वरिष्ठ उपाध्यक्ष सुमन सायमी,केन्द्रीय प्रवक्ता रविन्द्रकुमार श्रेष्ठसहितका नेताहरु पुष्पकमल दाहाल (प्रचण्ड) संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्न लागेका छन् ।
भोलि दिउँसो साढे १ बजे राष्ट्रिय सभा गृहमा दुई पक्षबीच एकता समायोजन कार्यक्रम रहेको सायमीले बताए । पार्टीका नेतासहित खोला मापदण्ड र सहकारी पीडित चार दर्जन नेकपा प्रवेश गर्ने उनले जानकारी दिए ।
‘भोलि सभागृहमा आयोजित कार्यक्रमबाट हामी नेकपा प्रवेश गर्दैछौं । गुठी,खोला,सहकारी पीडितलगायत गरेर ५० जना नेकपामा जाँदैछौं । नेकपाका शीर्ष नेताहरुले पार्टीमा स्वागत गराउनुहुनेछ’,उनले भने ।
पार्टीबाट राजीनामा दिन भने बाँकी रहेको उल्लेख गर्दै उनले भोलि नै राजीनामा दिने जानकारी दिए । किन नेकपा नै रोज्नुभयो ? भन्ने जनआस्थाको प्रश्नमा उनले भने,‘अन्य वैकल्पिक पार्टीहरु पश्चिमा विचारधाराका छन् । हामीले हाम्रो विचारधारा मिल्ने पार्टी नेकपा देख्यौं । सबैले नेकपामा प्रवेश गर्ने सामूहिक निर्णय गरेका हौं ।’
आउँदो फागुन २१ गतेको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचन लड्ने पनि उनले जानकारी दिए । सायमी यसअघि पनि सोही क्षेत्रबाट उठेका थिए ।
टिप्पणीहरू