महिला पाइलटलाई एमाले अध्यक्षको बधाई

महिला पाइलटलाई एमाले अध्यक्षको बधाई

नेपाल वायुसेवा निगमको ठूला जहाज उडाउने महिला चालक दलका सदस्यहरूप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई ज्ञापन गर्नुभएको छ ।

दुबईबाट उडान भरेर सफलतापूर्वक काठमाडौंमा अवतरण गराएकोमा पाइलट भावना पन्त नेतृत्वको टोलीलाई उहाँले बधाई भन्नुभएको हो । ओलीले आज ट्विट गर्दै लेख्नुभएको छ, ‘अघि बढ्दैछन् नेपाली महिला ! आज अन्तर्राष्ट्रिय महिला दिवस पनि हो । यसैदिन नेपालको राष्ट्रिय ध्वजावाहक जहाजको सफलतापूर्वक अन्तर्राष्ट्रिय उडान भर्न सफल पाइलट भावना पन्त र को–पाइलट सिर्जना रावतलगायत उहाँहरूको टिमलाई हार्दिक बधाई !’

दुईजना महिला विमान चालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै निगमको एयरबस आरए–३२० जहाज शनिबार काठमाडौंबाट दुबई उडाएका थिए । पाइलट पन्त र कोपाइलट सिर्जना राउतले काठमाडौंबाट दुबई लगेको जहाज आज बिहान फर्कंदा चालक दलका अन्य सदस्य पनि सबै महिला थिए । 

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विमान पार्किङ गरेकै ठाउँमा पुगेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले स्वागत गर्दै बधाई दिनुभएको थियो ।

टिप्पणीहरू