महेश बस्नेतलाई भेट्न बालेन साह गुन्डुमा

महेश बस्नेतलाई भेट्न बालेन साह गुन्डुमा

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतसँग भेटघाट गरेका छन् । आज बस्नेतको गाउँ भक्तपुरको गुन्डु पुगेर बालेनले भेट गरेका हुन् । सूर्यविनायक नगरपालिका–७, गुन्डुस्थित नेता बस्नेतको निवासमा भएको भेटमा काठमाडौँ र भक्तपुरको विकास र देखिएका समस्या समाधानमा केन्द्रित रहेको बताइएको छ । 

त्यसक्रममा मेयर बालेनले केही स्थानीय विकास तथा पुनर्निर्माण गरिएका अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथिभरा मन्दिर, निर्माणाधीन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायत स्थानको अवलोकनसमेत गरेको बताइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका ‘दाहिना हात’ मानिने बस्नेत मेयर बालेनका कटु आलोचक हुन् । काठमाडौँ महानगरले मापदण्ड मिचेर बनेका भौतिक संरचना भत्काउने अभियानको थालनी गर्दा बस्नेतले त्यसको विरोध गरेका थिए ।

टिप्पणीहरू