अन्तरीक्ष भन्ने,कुमारीपाटीमा हराउने
पाटन संयुक्त क्याम्पस (अंग्रेजी विभाग)का उपप्राध्यापक ढुण्डीराज निरौलाले अध्ययन बिदाको दुरुपयोग गरेर करोडौँ कमाएको चर्चा सेलाउन नपाउँदै अन्य दुई उपप्राध्यापक पनि उस्तै मेलोमेसोमा लागेको पाइएको छ । सोही क्याम्पसका उपप्राध्यापक द्वय लोकनाथ शर्मा र पूर्णज्योती शाक्यले विद्यावारिधि (पिएचडी) गर्ने भन्दै अध्ययन बिदाको दुरुपयोग गरेको खुलेको छ ।
भौतिकशास्त्र अध्यापन गर्ने उनीहरु ‘अन्तरिक्ष भौतिकशास्त्र’मा पिएचडी गर्ने भन्दै एक वर्षदेखि सरकारी अध्ययन बिदामा छन् । सामान्यतय…