पोखराद्वारा जनकपुरसामु १ सय ५६ रनको विजयी लक्ष्य प्रस्तुत
नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा पोखराले जनकपुरलाई १ सय ५६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको हो । पोखराको लागि सुमित वर्माले अर्धसतक बनाए । उनले २९ बलमा ४ छक्का र दुई चौका हिर्काए । यस्तै दिनेश खरेलले ३८, त्रितराज दासले २९ र इदम रोसिङटनले …