राप्ती प्रतिष्ठानमा उपकुलपति ल्याउने तयारी
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिको तयारी गरिएको छ ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समितिले आज सूचना जारी गर्दै आवेदन मागेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिलाई आगामी सात दिनभित्र दरखास्त पेश गर्न सूचनामा भनिएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ तथा नियमावली, २०७४ बमोजिम निवेदन दिनुपर्ने जनाइएको छ ।
टिप्पणीहरू