विदेशबाट डिपाेर्टेड जेन जीले  लफडा गरेकाे निश्कर्ष

विदेशबाट डिपाेर्टेड जेन जीले  लफडा गरेकाे निश्कर्ष

हिजो सिंहदरबारमा सरकार र जेनजीबीच दश बुँदे सम्झौता हुँदै गर्दा मस्यौदा पत्र च्यात्ने अजय सोडारी एक महिनाअघि मात्रै दक्षिण कोरियाबाट डिपोर्ट भएको खुलेको छ । 

भदौ २३ गते नेपालमा जेनजी प्रदर्शन हुँदै गर्दा उनी दक्षिण कोरियाको डिटेन्सन सेन्टरमा रहेको पाइएको हो ।बताइएअनुसार कुनै बेला नेकपा (एमाले) निकट अनेरास्ववियुको राजनीतिमा सक्रिय रहेका सोडारी केही वर्षअघि शरणार्थी भिषामा दक्षिण कोरिया पुगेको थिए । 

त्यहाँ गएर माओवादी प्रवेश गरेका उनी पछिल्लो समय पुनः एमालेको राजनीतिमा सक्रिय बनेको उतै बस्ने एक नेपालीले बताए । उनका अनुसार सोडारी त्यहाँ नक्कली लाइसेन्ससहित गाडी चलाइरहेको अवस्थामा समातिएका थिए । 

नक्कली लाइसेन्ससम्बन्धी मुद्धामा साक्षी बस्ने व्यक्ति नभएपछि र जरिवाना समेत तिर्न नसकेपछि उनी डिर्पोट भएको बुझिएको छ । लामो समयदेखि दक्षिण कोरियामा बस्दै आएका एक नेपाली भन्छन्, ‘जेनजी आन्दोलनसँग यो भाइको कुनै भुत्लोभाङ सम्बन्ध छैन, एक महिना अघिसम्म यतै डिटेन्सन सेन्टरमा थियो ।’

टिप्पणीहरू