देउवाकाे नाम डडेल्धुरामा सर्वसम्मत

देउवाकाे नाम डडेल्धुरामा सर्वसम्मत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि डडेल्धुराबाट सिफारिस भएका छन् । आज बसेको जिल्ला कार्यसमितिको बैठकले देउवालाई एकल सिफारिस गर्ने निर्णय गरेको हो । 

जिल्ला सभापति भीम साउदका अनुसार प्रत्यक्षतर्फको उम्मेद्वारको लागि देउवाको नाम सर्वसम्मत रुपमा एकल सिफारिस गरिएको हो । राजनीतिक वृत्तमा देउवाले सक्रिय राजनीतिबाट विश्राम लिनसक्ने विश्लेषण भइरहँदा उम्मेद्वार सिफारिसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले केही दिनयता भेट्न पुग्ने कार्यकर्तासँग अन्तिम पटक चुनाव लड्न इच्छा जाहेर गरेको बताइन्छ ।

देउवा पत्नी डा. आरजु राणा यसअघि नै कैलाली क्षेत्र नम्बर ५ बाट सिफारिस भइसकेकी छन् ।

टिप्पणीहरू