ओलीलाई समात्न सुशीलालाई उकासेको आरोप
नेकपा (एमाले)का नेता महेश बस्नेतले पूर्वराष्ट्रपति विद्या भण्डारीमाथि गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसँग मिलेर अध्यक्ष खडगप्रसाद शर्मा ओलीलाई विद्याले पक्राऊ गराउन लागेको दावी गरेका हुन् ।
प्धानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच आइतबार सिंहदरबारमा भेट भएको थियो । त्यसलाई आफ्ना अध्यक्षविरुद्ध अर्को षड्यन्त्रको खेल भन्दै उनले पार्टीकै पूर्व उपाध्यक्षमाथि यो तहको आक्षेप लगाएका हुन् ।
‘पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको भनिएको वार्तामा केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ’, बस्नेतले सञ्जालतिर लेखेका छन्, ‘अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल कदापि सफल हुँदैन, तिमीहरूको सबै खेल नजन्मिँदै तुहिनेछ ।
टिप्पणीहरू