मतदान केन्द्र दोब्बर बढाउने तयारी

मतदान केन्द्र दोब्बर बढाउने तयारी

प्रतिनिधि सभाको निर्वाचन आउन ८४ दिन बाँकी छ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले फागुन २१ गतेलाई चुनाव घोषणा गरेकी छन् । त्योसँगै निर्वाचन आयोग चुनावमा होमिएको छ । दल दर्ता सम्पन्न भइसकेको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

प्रधानमन्त्री कार्कीले चुनावको विषयमा राजनीतिक दलसँग धमाधम वार्ता गरिरहेकी छन् । चुनावलाई शान्तिपूर्ण, सुरक्षित र भयरहित बनाउनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिइसकेका छन् । सरकारले निर्वाचनलाई लक्षित गरी ४० दिनका लागि ‘निर्वाचन प्रहरी’ भर्ना गर्न लागेको छ । 

यता, दलहरु पनि निर्वाचनको तयारीमा जुटेका छन् । उम्मेदवार छनौट गर्ने काम शुरु भइसकेको छ । १० हजार ९६७ मतदानस्थल रहेकोमा दोब्बर बढाएर २३ हजार १८९ मतदान केन्द्र पुग्ने अनुमान गरिएको छ ।

टिप्पणीहरू