‘जेनजीको आडमा चुरीफुरी, सुशीला सरकार कुरीकुरी’
सरकारले जेनजीको माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै माइतीघरमा एउटा समूहले विरोध प्रदर्शन गरेको छ ।
जेनजी आन्दोलनको म्याण्डेड बिर्सिएर सरकार चुनावमा मात्रै केन्द्रित रहेको आरोप लगाउँदै युवाहरू विरोधमा उत्रिएका हुन् । प्रदर्शनकारीले ‘सुशीलाको पाराले, दु:ख पायो साराले’, ‘जेनजीको आडमा चुरीफुरी, सुशीला सरकार कुरीकुरी’, ‘ओलीको खेलमा, सुशीलाको झेलमा, सबै जेनजी जेलमा’ लेखिएका प्लेकार्ड देखाएका छन् ।
भदौ २३ को घटनामा गोली चलाउन निर्देशन दिएको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने, घाइते र सहिद परिवारलाई उचित क्षतिपूर्तिसहित रोजगारीको सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ ।
पछिल्लो समय माइतीघरमा दिनहुँ फरक-फरक जेनजी समूहले सरकारविरुद्ध धर्ना र प्रदर्शन गर्दै आएको छ । सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै केही दिनयता सिंहदबार र माइतीघर परिसरमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
तस्बिरहरु




टिप्पणीहरू