पेशीमा चढ्याे रवि र छविको मुद्दा
सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडिआईजी छविलाल जोशीको मुद्दा सुनुवाईका लागि पेशी चढेको छ ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्धय तेजनारायण पौडेल र सागर विष्टको चार नम्बर इजलासमा मुद्दामाथि आज सुनुवाई हुन लागेको हो । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रविले आफ्नो भागमा पर्ने बिगो बराबरको धरौटी बुझाएर रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए । तर, गत साउन २६ गते न्यायाधीश नारायण सापकोटाको इजलासले उक्त निवेदन अस्वीकार गरेको थि
सो निर्णयविरुद्ध रवि उच्च अदालत पुगेका हुन् । कात्तिक २७ गते न्यायाधीशद्धय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा मुद्दामाथि सुनुवाई भएकोमा थप प्रमाण मिसिल झिकाउने आदेश भएको थियो । हाल रवि नख्खु र छवि रुपन्देही कारागारमा छन् ।
टिप्पणीहरू