सेनाको खबर छाप्नेलाई छानिछानी तालिम
नेपाली सेनाद्वारा आयोजित ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ । सुर्खेतस्थित उत्तरपश्चिम पृतना हेडक्वार्टरमा मंसिर ८ गतेदेखि शुरु भएको अभिमुखीकरण कार्यक्रमको आज समापन गरियो ।
समापन समारोहमा पृतनापति उपरथी दिपेशजंग शाहले सफलतापूर्वक अभिमुखीकरण सम्पन्न गर्ने २४ जना सञ्चारकर्मीलाई बधाईसहित प्रमाणपत्र हस्तान्तरण गरे । त्यस्तै, नेपाली सैनिक रेडियो कार्यक्रम प्रशारण गर्ने पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका ९ वटा एफएम रेडियो स्टेशनलाई जनसम्पर्क तथा …