दुर्गा प्रसाईं आर्यघाट जाने कार्यक्रम स्थगित
वेवारिसे शव व्यवस्थापन गर्न पशुपति आर्यघाट जाने कार्यक्रम मेडिकल व्यवसायी दुर्गा प्रसाईंले स्थगित गरेका छन् ।
प्रसाईंको पहलमा १० वटा वेवारिसे लास अन्त्यष्टि गर्न लागेको र त्यसका लागि आज दिउँसो ठिक १ बजे पशुपति आर्यघाट जाने कार्यक्रम तय भएको 'नागरिक बचाऊ महाभियान'ले हिजो जानकारी दिएको थियो । तर, शव दाहसंस्कार गर्ने प्रक्रिया नपुगेकाले स्थगित गरिएको आज अर्को जानकारी गराइएको छ ।
'मिति २०८२/०८/११ गते वेवारिसे शव व्यवस्थापन गर्दै आउनुभएका अभियन्ता विनयजंग बस्नेतसँगको सहकार्यमा नागरिक बचाऊ महाभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईंज्यू शवको दाहसंस्कार गर्न जाने भनिएकोमा कार्यक्रम केही वेवारिसे शवको प्रक्रिया नपुगेको हुँदा आजलाई स्थगन गरिएको छ', महाभियानले विज्ञप्तिमार्फत भनेको छ ।
वेवारिसे व्यवस्थापन केन्द्रका अध्यक्ष बस्नेतले विगत डेढ दशकदेखि वेवारिसे शवकाे सदगद् गर्दै आएका छन् । याे अवधिमा उक्त संस्थाले झण्डै सात हजार वेवारिसे शवकाे सदगद गरिसकेकाे छ । देशका विभिन्न जिल्लामा शाखा कार्यालयसमेत खाेलेर केन्द्रले वेवारिसे शव सद्गगद गर्दै आएकाे छ ।

टिप्पणीहरू