एनपीएलमा पोखराको पहिलो जित, जनकपुरको तेस्रो हार
नेपाल प्रिमियर लिग(एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ । बिहीबार बेलुकी भएको खेलमा जनकपुर बोल्ट्सलाई २५ रनले हराउँदै पोखराले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । यससँगै साविक विजेता जनकपुर बोल्ट्सले लगातार तेस्रो हार बेहोरेको छ ।
जितको लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३० रनमात्र बनाउन सक्यो । जनकपुरको लागि पहिलो खेल खेलेका वायन पर्नेलले अर्धसतक बनाउँदा अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न स…