मलाई माफ गर्दे न सानी, गर्दे न है !
ओइ सानु प्लिज मलाई माफ गरी दे । जेसुकै सम्झेर भएपनि तैंले माफ गरिदिएर मलाई जिउने एक मौका दिलाइ दे !
जब–जब एक्लोपनाले सताउँछ, कुनै पीडाहरुले थकित र व्यथित महसुस गर्छु । तेरै यादले छोप्छ । किन किन तलाईं सम्झिन्छु त्यो गाह्रो, अप्ठेरोहरुमा । कहिलेकाहीँ खुशी हुँदा, कुनै सफलताले चुम्दा पनि तैँलाई सम्झन्छु । यो क्षण ऊ मसँग भएकी भए वा ऊसँग यो खुशी बाँड्न पाएको भए भन्ने हुँदो रैछ । पुरानो हिन्दी चलचित्र सिलसिलाको ‘ये कहाँ आ गए हम ...’ बोलको गीतमा &lsquo…