सक्किने कि सच्चिने ? तपाइँकै मर्जी शीरोपर
पहिले केही उदाहरण लिऊँ । प्रचण्डमाथि जनार्दनको प्रश्न, एस पार्टीभित्र झाँक्री, झलनाथहरूको सवाल र एमालेमा चर्केको विद्या प्रकरण, राप्रपाको लफडा र नाउपाको घरायसी विवाद । झट्ट सुन्दा यस खाले विवाद हुनु राजनीतिको स्वाभाविक पक्ष हो । सजिलै भनिदिने हो भने, राजनीतिमा बेलाबेला यस्तो भइरहन्छ । तर अहिले नै किन यस्तो ? सवाल योचाहिँ हो ।
यसो विचार गरौँ त । माधवकुमार नेपालले झलनाथ खनालललाई पार्टी छाडेर गए हुन्छ सजिलै कसरी भनिदिए ? केपी ओलीले विद्या भण्डारीको सदस्यता नै किन…