‘गर्भमा भ्रुणको लिङ्ग पहिचान कार्य रोकियोस्’
सरकारले गर्भको लिङ्ग पहिचान गर्ने कार्य रोक्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत मुलुकभरका ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै उक्त जानकारी गराएको हो ।
मन्त्रालयले मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को उपदफा ७ र ८ मा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १७ मा समेत गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनतः दण्डनीय अपराध मानेको उल्लेख गर्दै आफ्नो मातहतमा रहेको स्वास्थ्य संस्थ…