चालक, सहचालकको आँखा परीक्षण निःशुल्क

चालक, सहचालकको आँखा परीक्षण निःशुल्क

ट्राफिक प्रहरी कार्यालय बुटवलले चालक, सहचालकको निःशुल्क आँखा परीक्षण गराएको छ । 

बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले कार्यालयले चालक, सहचालकको निःशुल्क आँखा परीक्षण गराएको जानकारी दिएको छ । 

कार्यालयका सूचना अधिकारी होमबहादुर थापाका अनुसार लायन्स आँखा अस्पताल सुरक्षित यात्रा नेपालसँगको सहकार्यमा तीन सयबढी चालक, सहचालकको निःशुल्क आँखा परीक्षण गराइएको हो ।

उनले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने आशाले यस्तो कार्यक्रम गरिएको जानकारी दिए । त्यस्तै, लायन्स आँखा अस्पताल सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेल्बासेले चालकहरुको आँखा परीक्षण गर्दा दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको बताए ।

टिप्पणीहरू